List of Passports not collected by the applicants yet sent to Nepali Embassy in Washington DC

हालसम्म नयाँ राहदानी बुझिलिन नआउनुभएका आवेदकहरूको राहदानीहरू नेपाली राजदूतावास, वाशिङ्गटन डि.सी. पठाइएको सम्बन्धी सूचना

राहदानी तयार भई विभिन्न मितिमा नयाँ राहदानी बुझिलिन तथा फिर्ती खाम (Return/Pre-paid Envelope) पठाउन अनुरोध गरिएकोमा हालसम्म यस महावाणिज्यदूतावासमा सम्पर्कमा नआउनुभएका संलग्न सूचीबमोजिमका २८ जना आवेदकहरूको नयाँ राहदानी वितरण गर्न बाँकी रहेको र नेपाल सरकारको निर्णयबमोजिम यस महावाणिज्यदूतावास बन्द भएको हुँदा उक्त राहदानीहरू सम्बन्धित आवेदकहरूलाई वितरण गर्ने प्रयोजनका लागि नेपाली राजदूतावास, वाशिङ्गटन डि.सी. पठाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।

अतः सम्बन्धित आवेदकहरूले आफ्नो राहदानी बुझिलिनका लागि नेपाली राजदूतावास, वाशिङ्गटन डि.सी. मा देहायको फोन नम्बर वा इमेलमार्फत सम्पर्क गरी आफ्नो राहदानी बुझिलिनुहुन अनुरोध गरिन्छ।

फोन नं.: (202) 774-4780 / (202) 480-6858

इमेल: consular@nepalembassyusa.org; consular1@nepalembassyusa.org

 

नेपाली महावाणिज्यदूतावास

सान फ्रान्सिस्को