नेपाली महावाणिज्यदूतावास

सान फ्रान्सिस्को

नागरिक बडापत्र

क्र.सं.

प्रदान गरिने सेवाको किसिम

आवश्यक कागजात

लाग्ने दस्तुर

अमेरिकी डलर

सेवा प्रदान गर्न

लाग्ने समय

कैफियत

राहदानी सेवा

राहदानी नविकरण

(३४ पेज)

  • हालको सक्कल राहदानी ।
  • नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल वा सबै विवरण प्रष्ट देखिने छायाँप्रति ।
  • अनलाइन फाराम भरेपछी प्रिन्ट गरेको बारकोडसहितको Pre Enrollment फाराम ।

१५०।-

Pre Enrollment फाराम भर्दा आफूले लिएको मिति र समय (appointment date and time) मा महावाणिज्यदूतावासमा आवेदक स्वयं उपस्थित भई बायोमेट्रिक दिएपछि ६ देखि ८ हप्ताभित्र नयाँ राहदानी तयार हुने ।

राहदानीको लागि बायोमेट्रिक दिन आवेदक स्वयं महावाणिज्यदूतावासमा भौतिक रूपमा उपस्थित हुनुपर्ने ।

नागरिकता प्रमाणपत्रको आधिकारिकता वा विवरणमा थप जाँचबुझ गर्नुपर्ने देखिएमा सम्बन्धित जिल्ला प्रशासनसँग पत्राचारमार्फत समन्वय गर्न अतिरिक्त समय लाग्न सक्ने ।

१० वर्षभन्दा माथिका आवेदकको राहदानीको लागि दस्तुर नियमित बाहकको सरह हुने र बहाल अवधि (validity) १० वर्ष हुने ।

१० वर्षभन्दा मुनीका आवेदकको राहदानीको बहाल अवधि (validity) ५ वर्ष हुने ।

राहदानी नविकरण (६६पेज)

२००।-

राहदानी नविकरण (३४ पेज)-हराएको, बिग्रिएको

  • हराएको, बिग्रिएको वा साथमा नरहेको राहदानीको छायाँप्रति
  • नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल वा सबै विवरण प्रष्ट देखिने छायाँप्रति
  • अनलाइन फाराम भरेपछी प्रिन्ट गरेको बारकोडसहितको Pre Enrollment फाराम

२२५।-

राहदानी नविकरण (६६पेज)- हराएको, बिग्रिएको

३००।-

१० वर्ष मुनीको नाबालकको राहदानी (३४ पेज)

  • सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नाबालक परिचयपत्र ।
  • हालको सक्कल राहदानी ।
  • नावालकको बुबा र आमाको राहदानी, नागरिकता र विवाहदर्ताको प्रमाणपत्र
  • नावालकको बुबा र आमाको वैध अमेरिकी अध्यागमन स्थिती दर्शाउने कागजात

७५।-

१० वर्ष मुनीको नाबालकको राहदानी (६६ पेज)

१००।-

१० वर्ष मुनीको नाबालकको राहदानी (३४ पेज)-हराएको, बिग्रिएको

  • हराएको, बिग्रिएको वा साथमा नरहेको राहदानीको छायाँप्रति ।
  • सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नाबालक परिचयपत्र
  • नावालकको बुबा र आमाको राहदानी, नागरिकता र विवाहदर्ताको प्रमाणपत्र ।
  • नावालकको बुबा र आमाको वैध अमेरिकी अध्यागमन स्थिती दर्शाउने कागजात ।

११२।५०

१० वर्ष मुनीको नाबालकको राहदानी (६६ पेज)-हराएको, बिग्रिएको

१५०।-

२.

अधिकृत वारेशनामा

३ पुस्ताभित्रैको व्यक्तिलाई अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने

  • नेपालमा सूचिकृत कानून व्यवसायीले अधिकृत वारेशनामाको विस्तृत विवरण एवम् सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूतले प्रमाणित गर्ने व्यहोरा उल्लेख गरी तयार गरेको अधिकृत वारेशनामाको सक्कल २ प्रति
  • अधिकृत वारेशनामा जारी गर्ने व्यक्तिले नेपाली महावाणिज्यदूतलाई रितपूर्वक लेखेको निवेदन ।
  • अधिकृत वारेशनामा जारी गर्ने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्र एवम् नेपाली राहदानीको सक्कल प्रति ।
  • अधिकृत वारेशनामा जारी गर्ने व्यक्तिको हालको अध्यागमन अवस्था खुल्ने कागजातको प्रति ।
  • अधिकृत वारेशनामा प्राप्त गर्ने व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित छायाँप्रति
  • अधिकृत वारेशनामाको विषयलाई पुष्टी गर्ने कागजातका प्रति (जस्तै: जग्गा धनीपूर्जा, कम्पनी वा व्यवसायको स्वामित्वको प्रमाणपत्र, विवाह दर्ता आदि)

५।-

समय तय गरेर सेवाको लागि महावाणिज्यदूतावास आएकै दिन सेवा प्रदान गरिने ।

सबै कागजात पूरा भएको अवस्थामा महावाणिज्यदूतावासमा उपस्थित भएको २ घण्टाभित्र सेवा प्रदान हुने।

विदेशी नागरिकको (नेपालीमूलको विदेशी नागरिकको समेत) अधिकृत वारेशनामा प्रमाणीत नगरिने ।

पूर्व निर्धारित समय (Appointment) लिएर मात्रै सेवा लिन आउन उपयुक्त हुने ।

Appointment फोन वा इमेलबाट लिन सकिने ।

३ पुस्ता भन्दा बाहिरकोलाई अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने

४०।-

३.

गैरआवासीय नेपाली परिचयपत्र

नेपाली मुलको विदेशी नागरिकको लागि जारी गरिने गैरआवासीय नेपाली परिचयपत्र ।

  • रितपूर्वक भरेको परिचयपत्र आवेदन फाराम
  • अमेरिकी नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्रको प्रति
  • अमेरिकी राहदानीको प्रति ।
  • नेपाली मूलको व्यक्ति भएको प्रमाण
  • साविकमा नेपालको नागरिक रहेको भएमा- नेपाली जन्मदर्ता वा नाबालक परिचयपत्रको प्रतिलिपि वा नेपाली नागरिकता परित्याग गरेको प्रमाण
  • नेपाली मूलको दोस्रो पुस्ताको व्यक्ति भएमा- आमा वा बुबाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, आमा वा बुबासँगको नाता प्रमाणित गरेको प्रमाणपत्रको प्रति
  • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो-१ प्रति

दर्ता शुल्क- २०।-

परिचयपत्र शुल्क- ५००।-

सबै कागजात पुगेको भए आवेदन प्राप्त भएको २ देखि ३ कार्यदिनमा परिचयपत्र जारी हुने ।

नेपाली नागरिकता परित्याग गरेपछि वा नागरिकता परित्यागको लागि विधिवत् प्रकृया प्रारम्भ गरेपछि मात्रै नेपाली मुलको विदेशी नागरिकको लागि जारी गरिने गैरआवासीय नेपाली परिचयपत्रको लागि आवेदन गर्न सकिने ।

विदेशमा बस्ने नेपाली नागरिकलाई जारी गरिने गैरआवासीय नेपाली परिचयपत्र ।

  • रितपूर्वक भरेको परिचयपत्र आवेदन फाराम
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रति
  • नेपाली राहदानीको प्रति ।
  • अमेरिकी अध्यागमन अवस्था खुल्ने कागजात जस्तैः ग्रिनकार्ड वा भिसाको प्रति
  • हालसालै खिचिएको पारपोर्ट साइजको फोटो-१ प्रति

दर्ता शुल्क- २०।-

परिचयपत्र शुल्क- ५०।-

सबै कागजात पुगेको भए आवेदन प्राप्त भएको २ देखि ३ कार्यदिनमा परिचयपत्र जारी हुने ।

अध्ययन वा रोजगारीको सिलसिलामा पछिल्लो २ वर्षदेखि निरन्तर रूपमा अमेरिकामा बसोबास गर्दैआएको हुनुपर्ने ।

बिवाहदर्ता/जन्मदर्ता/मृत्युदर्ता/

नाताप्रमाणित प्रमाणपत्र प्रमाणीकरण

(नेपाल सरकारका सम्बन्धित निकायबाट जारी भएका कागजात)

  • कागजात प्रमाणीकरणका लागि महावाणिज्यदूतावासलाई लेखेको निवेदन
  • प्रमाणीकरण गर्नुपर्ने कागजातको सक्कल प्रति र फोटोकपि
  • विवाहदर्ता प्रमाणीकरणको लागि पति र पत्नीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • जन्मदर्ता प्रमाणपत्र प्रमाणीकरणका लागि बच्चाको बुबाआमाको राहदानी, नागरिकता र विवाहदर्ताको प्रतिलिपि ।

५०।-

सबै कागजात पुगेको भए प्रमाणीकरणका लागि आवेदन प्राप्त प्राप्त भएको २ घण्टाभित्र कागजात प्रमाणीकरण हुने ।

सबै कागजात पुगेको भए प्रमाणीकरणका लागि आवेदन प्राप्त प्राप्त भएको २ घण्टाभित्र कागजात प्रमाणीकरण हुने ।

प्रमाणीकरणका लागि महावाणिज्यदूतावासमा पेश गर्ने नेपालका सरकारी निकायबाट जारी भएका कागजातहरू नेपाल सरकार परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागबाट अनिवार्य रूपमा प्रमाणीकरण भएको हुनुपर्ने ।

नागरिकता/लाइसेन्स/सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र/वैवाहिक अवस्थाको प्रमाणपत्र प्रमाणीकरण

  • कागजात प्रमाणीकरणका लागि महावाणिज्यदूतावासलाई लेखेको निवेदन
  • प्रमाणीकरण गर्नुपर्ने कागजातको सक्कल प्रति
  • निवेदकको परिचय खुल्ने फोटोसहितको आईडी वा कागजात ।

५०।-

मञ्जुरीनामा/जमानत प्रमाणीकरण

  • कागजात प्रमाणीकरणका लागि महावाणिज्यदूतावासलाई लेखेको निवेदन ।
  • प्रमाणीकरण गर्नुपर्ने कागजातको सक्कल प्रति
  • निवेदकको परिचय खुल्ने फोटोसहितको आईडी वा कागजात ।

५०।-

बैंक तथा वित्तिय संस्थाको कागजात/बसाई सराई/प्रहरी रिपोर्ट/चिकित्सकको प्रमाणपत्र/ एफिडेभिट/उत्पत्तिको प्रमाणपत्र वा यस्तै प्रकारका कागजात प्रमाणीकरण

  • कागजात प्रमाणीकरणका लागि महावाणिज्यदूतावासलाई लेखेको निवेदन ।
  • प्रमाणीकरण गर्नुपर्ने कागजातको सक्कल प्रति ।
  • निवेदकको परिचय खुल्ने फोटोसहितको आईडी वा कागजात ।

१००।-

प्रमाणीकरणका लागि महावाणिज्यदूतावासमा पेश गर्ने नेपालका सरकारी निकायबाट जारी भएका कागजातहरू नेपाल सरकार परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागबाट अनिवार्य रूपमा प्रमाणीकरण भएको हुनुपर्ने ।

शैक्षिक प्रमाणपत्र/विद्यार्थीलाई आवश्यक पर्ने कागजात प्रमाणीकरण

  • कागजात प्रमाणीकरणका लागि महावाणिज्यदूतावासलाई लेखेको निवेदन ।
  • प्रमाणीकरण गर्नुपर्ने कागजातको सक्कल प्रति ।
  • निवेदकको परिचय खुल्ने फोटोसहितको आईडी वा कागजात ।

१५।-

सेवाग्राहीको अनुरोधमा महावाणिज्यदूतावासबाट जारी गरिने सबै प्रकारका सिफारिश पत्र वा कागजात

  • सिफारिश पत्रका लागि महावाणिज्यदूतावासलाई लेखेको निवेदन ।
  • निवेदकको परिचय खुल्ने फोटोसहितको आईडी वा कागजात ।
  • सिफारिशपत्रको विषयलाई पुष्ट्याईं गर्ने थप कागजात ।

५०।-

१०

एकतर्फी यात्रा अनुमतिपत्र (One Way Travel Document)

  • एकतर्फी यात्रा अनुमतिपत्रका लागि महावाणिज्यदूतावासलाई लेखेको निवेदन ।
  • निवेदकको राहदानी र नागरिकताको प्रमाणपत्रको छायाँप्रति।
  • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो एक प्रति।

५०।-

सबै कागजात पुगेको भए निवेदन प्राप्त भएको २ घण्टाभित्र एकतर्फी यात्रा अनुमतिपत्र जारी हुने ।

आवश्यक कागजातसहित निवेदन प्राप्त भएता पनि पेश भएको कागजात वा विवरणको आधिकारिकता एकिन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा समन्वय गर्नुपर्ने भएमा अतिरिक्त समय लाग्ने ।

११

Visa Services (Electronic Travel Authorization-ETA)

  1. Copy of Online ETA/Visa Application Confirmation Page
  2. Valid Passport or Travel Document (with at least six (6) months of validity)
  3. Copy of US Permanent Residence Card / valid US Visa (for nationals other than U.S. citizens)

Visa Fees:

$30 for 15-day visa

$50 for 30-day visa

$125 for 90-day visa

1-2 business day

For detailed information on Visa Services, please visit our website link: https://sf.nepalconsulate.gov.np/pages/visa-service-10/

द्रष्टव्यः # संयुक्त राज्य अमेरिकाको सरकारी निकाय (Federal Government/State Government/Local Government- County and City) बाट जारी भएका कागजात प्रमाणीकरका लागि यस महावाणिज्यदूतावासमा पेश गर्नुअघि प्रमाणीकरण गर्न चाहेको कागजात US State Department वा अन्तर्गतका निकायबाट अनिवार्य रूपमा प्रमाणीकरण भएको हुनुपर्नेछ ।

## उल्लिखित सेवासम्बन्धी विस्तृत जानकारीको लागि महावाणिज्यदूतावासको वेवसाइटः https://sf.nepalconsulate.gov.np/मा गई Services सेक्सनमा हेर्न सक्नुहुनेछ ।