महावाणिज्यदूतावासले मुलुकी देवानी कार्यविधि संहिता,२०७४ को अधिनमा रही विदेशमा रहेका नेपाली नागरिकहरुको अधिकृत वारेशनामा प्रमाणीकरणको कार्य गर्दछ । अधिकृत वारेशनामा महावाणिज्यदूतबाट मात्र प्रमाणित गर्नुपर्ने भएको हुँदा यसका लागि महावाणिज्यदूतावासको इमेलमा सबै कागजातहरु संलग्न गरी पठाउनु पर्नेछ । तत्पश्चात महावाणिज्यदूतावासबाट पूर्व निर्धारित समय अनुसार मात्र महावाणिज्यदूतावासमा आउनुपर्ने छ ।
पेश गर्नुपर्ने कागजात:
- नेपालमा सूचिकृत कानून व्यवसायीले अधिकृत वारेशनामाको विस्तृत विवरण एवम् सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूतले प्रमाणित गर्ने व्यहोरा उल्लेख गरी तयार गरेको अधिकृत वारेशनामाको सक्कल २ प्रति ।
- अधिकृत वारेशनामा जारी गर्ने व्यक्तिले नेपाली महावाणिज्यदूतलाई रितपूर्वक लेखेको निवेदन ।
- अधिकृत वारेशनामा जारी गर्ने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्र एवम् नेपाली राहदानीको सक्कल प्रति ।
- अधिकृत वारेशनामा जारी गर्ने व्यक्तिको हालको अध्यागमन अवस्था खुल्ने कागजातको प्रति ।
- अधिकृत वारेशनामा प्राप्त गर्ने व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित छायाँप्रति ।
- अधिकृत वारेशनामाको विषयलाई पुष्टी गर्ने कागजातका प्रति (जस्तै: जग्गा धनीपूर्जा, कम्पनी वा व्यवसायको स्वामित्वको प्रमाणपत्र, विवाह दर्ता आदि)
अधिकृत वारेशनामा प्रमाणिकरण दस्तुर यस प्रकार छ:
-
- मुद्दा किटान नगरिएको अधिकृत वारेशनामाका लागि अ.ड. ५।-
- आफ्नो तीन पुस्ताभित्रको व्यक्तिलाई सम्पत्ति बिक्रि गर्ने वा हक छाडिदिने भए अ.ड. ५।-
- आफ्नो तीन पुस्ता भन्दाबाहेकको व्यक्ति वा अन्य कसैलाई सम्पत्ति बिक्रि गर्ने वा हक छाडिदिने भए अ.ड. ४०।-
तोकिएबमोजिमको दस्तुर Consulate General of Nepal, San Francisco को नाममा तयार गरिएको मनि अर्डर वा क्यासियर चेकबाट मात्र भुक्तानी गर्न सकिनेछ । नगद (cash) मा भुक्तानी लिइने छैन ।
नेपाल सरकारको सम्बन्धित निकायको परिपत्रबमोजिम नेपाली मूलको विदेशी नागरिक लगायत कुनै पनि विदेशी नागरिकको अधिकृत वारेशनामा प्रमाणीकरण गरिने छैन ।
थप जानकारी आवश्यक भएमा महावाणिज्यदूतावासको इमेल secretary@nepalconsulatesf.org मा लेखी पठाउनुहोला ।